काठमाडौं– राजधानीमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर बाग्मती सफाइ अभियान नारासहित सुरु गरिएको छ । गत चैत ११ गतेपछि माइकबाट नारा लगाउन बन्द गरिएकामा आजदेखि सुरु गरिएको हाे । नारामा अभियानकर्मीले ‘म मेरो बासस्थान र वरपरको वातावरण सफा राख्न लागिपर्छु’ भनी शपथ खाएका छन् ।
शंंखमूल क्षेत्रको बुद्धनगरमा पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौडेलको नेतृत्वमा सफाइ गरिएको हो । वाग्मती सफाइ महाअभियानको ३७८औं हप्तामा पौडेलले अभियानकर्मीलाई शपथ गराएका छन् ।
पशुपति क्षेत्रमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ भएको थियो । पशुपति क्षेत्रमा बाग्मतीको बहाव बढेकाले धेरै फोहर नभेटिएको उनले सुनाइन् ।