काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गरेर प्रधानमन्त्रीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।
त्यस्तै, सुवासचन्द्र नेम्वाङ, डा. शिवमाया तुम्बाहाम्फे, विष्णु रिमाल, डा. राजन भट्टराई, सूर्य थापा र इन्द्र भण्डारी गरी सात जनाको स्वाब लिइएको थियो । उनीहरुको पनि रिपोर्ट नेगेटिभ आएको छ ।