काठमाडौं– उपत्यकामा काेराेना संक्रमण बढ्दै गएपछि प्रशासनिक सेवाहरू स्थगित गर्ने निर्णय गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सेवाग्राहीको अत्यधिक भीडका कारण कोरोना जोखिम बढेकाले प्रशासनिक सेवा स्थगित गर्ने निर्णय गरेकाे छ ।
जिप्रका काठमाडाैंले साउन २३ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक सेवाहरू मात्र दिने भएको छ । जिप्रकाको सूचनामा नागरिकता, हातहतियार, संस्था दर्ता, राहदानीलगायतका सेवा नदिने जनाइएको छ । त्यस्तै, सुरक्षा, निवेदन, मुद्दा र विपद्सम्बन्धी कार्यहरू नियमित हुने जनाइएको छ ।
नियमित सञ्चालनमा रहने सेवाहरू
- शान्ति सुरक्षासम्बन्धी सेवा
- ठाडो निवेदन र उजुरीसम्बन्धी
- मुद्दासम्बन्धी कार्य
- अत्यावश्यक कामका लागि सवारी पाससम्बन्धी कार्य
- विपद् व्यवस्थापनसम्बन्धी कार्य
स्थगित सेवाहरू
- नयाँ नेपाली नागरिकता विवरण
- नागरिकता प्रतिलिपि वितरण
- हातहतियार दर्ता/नवीकरण
- संस्था दर्ता/पत्रपत्रिका दर्ताका साथै नवीकरणसम्बन्धी कार्य
- निजी सुरक्षा कम्पनी नवीकरण
- राहदानी वितरण
- नाबालिग परिचयपत्र वितरण
- अन्य अत्यावश्यक नभएका सेवाहरू
अत्यावश्यक सेवाका लागि सेवाग्राहीले तोकिएको स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ ।