सकाठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा छलफल भएको छ ।
संवाद हिनता तोडेर संवाद सुरु भएकाले यसलाई निरन्तरता दिन दुबै पक्ष सहमत भएका छन् । विवादीत विषयहरुमा छलफल गदै अगाडि बढ्ने सोचमा दुबै पक्षमा रहेको एक स्थायी कमिटी नेताले बताए । उनले भने‘वार्ता छलफल सुरु भएको छ । केहि दिन पछि निकास निस्कन्छ होला ।’
आजको भेटमा ठोस सहमति भने कुनैपनि कुरामा नभएको बुझिएको छ । आज पनि १३ साउनको विषय दुबै अध्यक्षले उठाएकोे स्रोतले बताए । १३ साउनमा ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित गरेका थिए भने प्रचण्डले बालुवाटारमा नै बैठक बसालेका थिए ।
प्रचण्डले आजको छलफलमा पनि दुई पदमध्य एक पद छोड्न ओलीलाई आग्रह गरेको तर ओलीले महाधिवेशन भन्दा पहिला आफु कुनै पनि पद छोड्ने पक्षमा नरहेको बताएको स्रोतले बताए ।
आज भएको छलफलमा अर्ली महाधिवेशनबाट ओली ब्याक भएको र केन्द्रीय कमिटीले तोकेको समयमा नै महाधिवेशन गर्न तयार भएको एक स्थायी कमिटीले बताए ।
पछिल्ला केहि दिन देखिको संम्वाद हिनता तोडिएको छ । नेकपाको विवाद अहिले उत्कर्षमा पुगेको छ । विवादका कारण नै जारी स्थायी कमिटी बैठक स्थगित हुदै आएको छ ।
आजको छलफलमा पनि स्थायी कमिटी बैठक कहिले बस्छ भन्ने बारे कुनै सहमति भएको छैन ।