कोभिड–१९ महामारीले नेपालका पर्यटन क्षेत्र थलिएको छ। पर्यटकहरुको आवागमन ठप्प छ। पर्यटकीय गतिविधी पनि शुन्य प्राय। यस्तै अवस्थाबाट चितवनको भरतपुर महानगरपालिका वार्ड नम्बर २२ मा रहेको अम्ब्रेला स्ट्रिट पनि गुज्रीरहेको छ।
निर्माणाधिन अवस्थामा हुँदा नै २०७६ फागुन २ गते उद्घाटन भएको अम्ब्रेला स्ट्रिटको निर्माणकार्य नै पनि लकडाउनका कारण प्रभावित भएको छ। ‘‘पर्यटकहरु आउने त कुरै छैन्’’ स्थानिय निकाय र केन्द्रीय सरकारको आर्थिक सहयोगमा निर्माणाधिन अम्ब्रेला स्ट्रिटका व्यवस्थापक निलकण्ठ तिवारीले सुनाए, ‘‘अवस्था सामान्य भएसँगै पुनः सञ्चालनमा आउने छ।’’
अम्ब्रेला स्ट्रिटमा गत माघ महिनामा ‘स्ट्रिट फुड फेस्टिभल’ समेत भएको थियो।
नेपाली पब्लिकका लागि सुदिपचन्द्र बख्रेलले अम्ब्रेला स्ट्रिटमा खिचेका केहि तस्विरहरुः





