भैरव आधारभूत विद्यालय, दुल्लुको कक्षाकोठामा रहेका चार कम्प्युटर मङ्गलबार राति चोरी भएको छ। दुल्लु नगरपालिका–११, तोरायाँ लामागडास्थित सो विद्यालयको कम्प्युटर चोरी भएको छ।
प्रहरीले दोषी खोजिरहेको जनाइएको छ। विद्यालयका प्रधानाध्यापक यामबहादुर थापा मगरले करीब चार वर्षअघि ल्याई पठनपाठन गर्न प्रयोग गरिएका ती कम्प्युटर, फर्निचर आदि गरी करीब चार लाख बराबरको चोरी भएको बताएका छन्। अभियुक्तको खोजी भइरहेको प्रहरी हवल्दार वसन्त श्रेष्ठले जानकारी दिए। (रासस)