एजेन्सी– छोटो समयमै धेरै फ्यान कमाउने बलिउड नायिका सारा अली खानले सुसान्त सिंह राजपूतसँग फिल्म ‘केदारनाथ’ बाट डेब्यु गरेकी थिइन्। त्यसपछि उनले ब्याक टु ब्याक फिल्ममा अफर पाएकी छिन्।
हाल उनको कयौं फ्यानहरु छन्। उनी अहिले आफ्ना साथीहरुसँग न्यूयोर्कमा विदा मनाइरहेकी छिन्। उनले सामाजीक सञ्जालमा केहीँ तस्विरहरु सार्वजनिक गरेकी छिन्।
जुन तस्विरमा उनलाई मेट्रोमा देखिन्छ। उनी मेट्रोमा दुई व्यक्तिका बीचमा बसेको तस्विर सोसियल मिडियामा साझाँ गरेकी छन्।
सारा सैफ अली खानकी छोरी हुन्। अब उनी ‘लभ आजकाल’ को सिक्वेलमा खेल्दैछिन्। र उनलाई सारा ‘कुल्ली नम्बर १’ को रिमेकमा पनि देखिनेछ।