काठमाडौं–आर्यन सिग्देल केही समय नम्बर १ नायक रुपमा राज गर्न सफल भए। उनै नायकको इन्स्टाग्राम पेज अहिले शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘च च हुई’ले भरिएको छ। आर्यनका लागि यो चलचित्र महत्वपूर्ण छ। राम्रो काम गरेर नम्बर १ बन्न चाहेका आर्यन ठूलो संख्यामा दर्शकहरुले आफ्नो चलचित्र हेरुन् भन्ने चाहन्छन्।
आर्यनले इन्स्टाग्राममा पोष्ट गरेको एउटा तस्वीरले भने उत्सुकता जगाएको छ। आर्यनले मिरुना मगर दौडदै गरेको तस्वीर पोष्ट गरेका छन्, जहाँ उनले मिरुनालाई पछ्याएका छन्। आर्यनले क्याप्सनमा लेख्छन्,‘दौड मिरुना दौड। तर, तिम्रो पछि पछि प्रेम आइरहेको छ।’ आर्यनको यो क्याप्सनले चलचित्रको भाव बोक्छ। चलचित्रमा मिरुनाको पछि पछि आर्यन देखिन्छन्। केही समय अगाडि आर्यनले मिरुनाको काम गर्ने शैली मन परेको बताएका थिए। मिरुनाले पनि आर्यन जस्तो कलाकारबाट धेरै कुरा सिकेको बताएकी थिइन्।
चलचित्रमा आर्यनले ‘प्रेम’ नामक पात्रको भूमिका चित्रण गरेका छन्। प्रेम त मिरुनाको पछि भागेका छन्। तर, के दर्शक प्रेम र मिरुनाका लागि हलसम्म पुग्लान् त, शुक्रबारसम्म प्रतिक्षा गरौ। आर्यनलाई फेरि पहिलेकै नम्बर १ नायक बनाउँन सफल भएन भने उनको लागि यो हल्ला हल्लामै सिमित हुनेछ, आर्यनले फेरि अर्को कसरत गर्नुपर्ने देखिन्छ।