काठमाडौं–मङ्सीर महिना भनेको विवाहको महिना हो, यही अवसर पारेर‘माछा माछा’ सिनेमाले ‘म्याडम म्याडम’ बोलको निकै रमाईलो आइटम गीत रिलिज गरेको छ। मंसिर २० गते रिलिज हुने सिनेमाको यो गीतमा अनुपम शर्माको संगीत र स्वरमा तयार भएको हो।
प्रविण सिंहको कोरियोग्राफीमा सृष्टि श्रेष्ठसँगै अभिनेता सौगात मल्ल, विजय बराल र अनोज पाण्डे फिचर्ड छन्। सिनेमामा सुनिल गुरुङको लेखन तथा निर्देशन छ। सौगात, विजय र अनोजको मुख्य भूमिका रहेको सिनेमाले तीन गाउँले युवकहरुले शहरमा स्थापित गर्न गर्ने संघर्षको कथा प्रस्तुत गर्छ।
सिनेमामा माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्ट आदिको अभिनय छ।रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको सिनेमामा शिवराम श्रेष्ठको छायाँङ्कन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ।
https://youtu.be/xtpDajDehxY