एजेन्सी– हालै अक्षय कुमार को फिल्म गुड न्यूज को ट्रेलर रिलीज भएको छ। अक्षय कुमारको फ्यान्सहरु यो फिल्मको पर्खाईमा थिए। सो फिल्मको ट्रेलरले सोशल मीडिया निकै चर्चा कमाएको छ।
अक्षय कुमार र करीना कपूरको जोडी एक पटक फेरी ठूलो पर्दामा देखिदैछ। अन्तिम पटक यो जोडीलाई सन् २००९ मा रिलिज भएका फिल्म कमबख्त इश्क मा देखिएको थियो। अब फेरी १० बर्ष पछि अक्षय र करीनाले एक साथ फिल्म खेलेका छन्।
यो जाोडीको साथसाथै यस फिल्ममा दिलजीत दोसांझ र कियारा आडवाणीको जोडीलाई पनि देख्न सकिन्छ। फ्यान्स यो फिल्मको ट्रेलर बाट निकै प्रशन्न छन्। ट्विटरमा यस फिल्मले चचार्को बाढी आएको छ।
एक यूजरले गुड न्यूज अहिले बाटै सुपरहिट रहेको लेखेका छन्। र अर्को युजरले ट्रेलर हेरे पछि फिल्म हेर्न झन उत्साहीत भएको भन्दै ट्विट गरेका छन्। गुड न्यूज फिल्मलाई राज मेहताले निर्देशन गरेका हुन् भने यो फिल्मको निर्माता करण जौहर रहेकका छन्। यो कमेडी फिल्म २० डिसेम्बरमा रिलीज हुदैछ।
ट्विटरमा फ्यान्सको प्रतिक्रिया
युजर १
युजर २
युजर ३
युजर ४
युजर ५
फिल्म गुड न्यूज को ट्रेलरकाे लागी यहाँ किल्क गर्नुहाेस्