दुवइ – दुबईमा जारी टि–१० लिगअन्र्तगत ग्रुप बिको सातौँ खेलमा पारस खड्काको टिम बिजयी भएको छ। पारस खड्कासम्मीलित टिम आबुधावीले नर्थन वारियर्सलाई ६ विकेटले पराजित गरेको हो।
पहिले व्यटिङ गरेर वारियर्सले दिएको ९३ रनको लक्ष्य आबु धावीले ८ ओभर ३ बलमा पुरा गर्यो। आबुधावीको जितमा पारस खड्काले १ बलमा अविजित १ रन बनाए भने ल्युक राईटले २३ बलमा ४८ र मोइन अलिले २० बलमा ३० रन बनाएका थिए।
यसअघि पहिलाे पारिमा वारीयर्सका लागि आन्द्रे रसेलले २७ बलमा ३७, साम विलिङ्गसले २० बलमा ३५ र डरेन सामीले १३ बलमा १७ रन बनाएका थिए।