काठमाडौं–चलचित्र ‘होस्टेल रिटन्र्स’ बाट डेब्यू गरेका नायक सुशिल श्रेष्ठ एक समय सबैको नजरमा छाउन सफल भए। ताकि उनको आकर्षक शरीरले भरिएको पोष्टर शहरका भित्ताहरुमा थिए। अर्का कलाकार नाजिर हुसेन र सुशिल सिटौला छाँयामा पर्दा सुशिल पोष्टरमा चम्किए। तर, चलचित्र चलेपछि सुशिल भन्दा नाजिर र सुशिल सिटौला हाबी भए।
आशा गरिएका सुशिल यसपछि खासै चम्किन सकेका छैनन्। सुशिल श्रेष्ठको खस्कदो क्रेज माथि उक्लन सकेको छैन। कात्तिकको १५ गते रिलिज भएको चलचित्र ‘बादशाह जुट’ बक्स अफिसमा चिप्लियो। चलचित्रको दयनिय व्यापारले सुशिललाई झनै अप्ठ्यारोमा पारिदियो।
चलचित्रमा सुशिल रहँदा त्यसले उत्पन्न गर्ने हाइप बन्नै सकेको छैन। यसकारण पनि सुशिलले करिअरको बारेमा सोच्न आवश्यक छ। मल्टिप्लेक्समा न्यून शो पाएको ‘बादशाह जुट’ ले ती शोमा पनि दर्शक भर्न सकेन। नेपाली चलचित्र र कलाकारलाई दर्शकले नपत्याएका होइनन्। तर, सबै कलाकारले यो खालको क्रेज बनाउन सकेका छैनन्। त्यसैले उनको लोकप्रियता कता–कता अलमलमा पर्न थालेको छ। सुशिलको अब ‘लभ डायरिज’ नामक चलचित्र रिलिजको लागि तयार छ। यो चलचित्रको व्यापार उनका लागि करिअर नै फेरबदल गर्ने अवस्थामा छ।