एजेन्सी–कपिल शर्माको हास्य कार्यक्रम ‘द कपिल शो’ मा बलिउड स्टारहरूको आउनेजाने क्रम चलि नै रहन्छ। हालै उनको शोमा ‘पागलपंती’ सिनेमाका कलाकारहरू आए। कार्यक्रममा सिनेमाका निर्देशक अनिश बज्मी अनिल कपुर, जोन अब्राहम, अरशद वारसी, उर्वशी रौतेला तथा कृति खर्बन्दाको साथमा उपस्थित थिए।
कार्यक्रममा निर्देशक बज्मीले चर्चित दिवगंत निर्देशक तथा अभिनेता राज कपुरसँग काम गर्दा अनुभव साटे। यसका अलावा उनले सलमान, अक्षय तथा अजय देवगनसँग जस्ता ठूला स्टारलाई आफ्ना सिनेमामा काम गराउन कसरी मनाउँछन् भन्ने बारेमा पनि खुलासा गरे। सो कार्यक्रममा कपिलको जिज्ञासाको जवाफ दिदैं अनिश सलमान, अक्षय तथा अजयजस्ता स्टारलाई आफ्नो सिनेमा खेल्नका लागि मनाउन मात्र ५ मिनेटको समय लिने गरेको बताए। अनिशले यो हुनुको पछाडी आफ्नो नभई सिनेमा लेखकको क्षमता जिम्मेवार रहेको बताए। जसले अरुहरुलाई पनि यो उपाय अपानाउँने कि भन्ने प्रश्न खडा गराएको छ।
अनिशका अनुसार लेखकले कथा यसरी लेखिदिएका हुन्छन् कि केही मिनेटमा नै उनीहरू सिनेमाको सार बुझ्दछन् र सिनेमा गर्ने निर्णय लिन्छन्। यी अभिनेताहरूको वर्षौदेखि अनुभवका कारण सुनाएको सिनेमा गर्ने कि नगर्ने भन्ने अन्दाज गर्न पोख्त भइसकेका हुन्छन्।
‘वेलकम’,‘नो इन्ट्री’, ‘वेलकम ब्याक’, ‘रेडी’ जस्ता सफल कमेडी सिनेमाका निर्देशक अनिश निर्दे्शित ‘पागलपंती’ यही शुक्रबार २२ नोभेम्बरमा रिलिज हुँदैछ।