तस्वीरः अनलाइन खबर
‘वीरगञ्ज–चलचित्र ‘नोभेम्बर रेन’ मा ‘डल्ली’ उपनामले परिचित छुल्ठिम गुरुङलाई त्यसपछि केही चलचित्रबाट अफर आए। तर उनका्े करियर खासै चम्किएन।
उनी, आफैले अभिनय तथा निर्माण गरेको चलचित्र ‘डायरी’ बक्स अफिसमा चम्किएन। यसपछि, उनले केही चलचित्रमा काम त गरिन्। तर, ती चलचित्रले बक्स अफिसमा खासै चमत्कार गर्न सकेनन्।
छुल्ठिम चाडै नै आफ्नै ब्यानरको चलचित्रमा काम गर्ने तयारीमा छिन्। तर, उनले यो बिषयमा केही पनि बताएकी छैनन्। केही दिन अगाडि वीरगञ्जमा भेटिएकी गुरुङ सारीमा निकै राम्री भएर सजिएकी थिइन्। उनले भनिन्,‘चलचित्रको प्रिमियर, प्रेस मिटमा पो हो बोल्ड ड्रेस लगाउने। यस्तो सार्वजनिक कार्यक्रममा सारीमा सजिन रमाइलो लाग्छ।’