एजेन्सी–अभिनेता राजकुमार राव सानै उमेरदेखि नै बलिउड सुपरस्टार शाहरुख खानको फ्यान भएको उल्लेख गदै एउटा भिडियो सेयर गरेका छन्।
एक कार्यक्रममा शाहरुख र राजकुमारको भेटघाट भएको थियो। उक्त कार्यक्रममा शाहरुख खानले राजकुमारलाई अंगालो हाल्दै चुम्बन गरेको भिडियोमा देख्न सकिन्छ।
राजकुमारले उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन् ‘सानैदेखि म उनको डाइलग भन्दै आएको थिए। आज उनले मेरो डाइलग भने। रोमाञ्चित महसुस भइरहेको छ। तपाईं जस्तो कोही छैन। तपाईंले नै मलाई अभिनेता बन्न अभिप्रेरित गर्नुभएको हो। म सधैँ तपाईंको सबैभन्दा ठूलो फ्यान हुँ।’
शाहरुख खानले राजकुमार राव अभिनित फिल्म ‘स्त्री’ को डाइलग भनेका थिए।