काठमाडौं–लोकप्रिय गायक बाल कुमार श्रेष्ठ अहिलेका रुचाईएका गायक हुन्। उनको स्वरमा एक पछि अर्को गीत बजारमा चर्चाको शिखरमा छन्।
केही समय अगाडि बिष्णु माझी र उनको आवाजमा रहेको सिलौटा गीतले उनको लोकप्रियता अझैं चुलिएको छ। बाल कुमार सफल सर्जक पनि हुन्,उनी व्यावसायिक रुपमा गीत रेकर्डिङमा जति व्यस्त छन्, स्टेजमा पनि उनको त्यतिनै माग छ।
उनै गायक र सिता श्रेष्ठको आवाज ‘उल्टो सिरानी’ गीत भर्खर मात्र बजारमा आएको छ। कुशल बेलबासेको लय तथा शब्द सृजनामा रहेको उक्त गीतमा चर्चित हाँस्यकलाकार यादब देवकोटा सरापे र सुशिला निरौला बिम्लीको अभिनय रहेको छ। गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका हुन्। चन्द्र सुर्य फ्लिम्सको यूटूब च्यानलबाट सर्बत्र बजारमा उपलब्ध छ।