एजेन्सी–नेपाली चलचित्र क्षेत्रमा ‘राते काँइला’ उपनामले लोकप्रिय कलाकार सुनिल थापाको नाम बलिउडमा पनि उत्तिकै लोकप्रिय छ। विगतमा पनि उनले, बलिउडका केही सफल चलचित्रमा काम गरिसकेका छन्। ५ बर्ष अगाडि मात्र उनले नायिका प्रियंका चोपडाको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी कोम’ मा काम गरेका थिए। जसबाट उनको लोकप्रियता चुलिएको हो।
यसपछि, सुनिलले बलिउड चलचित्रमा काम गरेका छैनन्। अब, भने उनलाई बलिउड नायक सलमान खानको प्रोडक्शनबाट बन्न लागेको नयाँ चलचित्रबाट अफर आएको छ। ‘क्वाथा’ नामक चलचित्रमा सुनिलले काम गर्ने चर्चा चलेको छ। यो बिषयमा सुनिल भन्छन् ‘हो, मेरो कुराकानी भैसकेको छ। मौखिक रुपमा हामी काम गर्ने बिषयमा पक्का छौ। तर, लिखित सहमती भने भैसकेको छैन।’
निर्देशक करण भुटानीले यो चलचित्रको निर्देशन गर्दैछन्। यही चलचित्रबाट नायिका कट्रिना कैफी बहिनी इसाबेल बलिउडमा प्रवेश गर्दै्छिन्।
सुनिलले चलचित्रमा मुखियाको भूमिकाका लागि अफर आएको बताए। उनका अनुसार, यो वास्तविक कथामा बन्न लागेको चलचित्र हो। डिसेम्बरमा चलचित्रको छायांकन सुरु हुने बताए।