काठमाडौं – ‘हामी यस्तै हो नि ब्रो’ गीतका चर्चित र्यापर भिटेनले मंसिरको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’को प्रमोशन गीतमा आवाज भरेका छन्।
शिर्ष गीतमा भिटेनकै शब्द/ संगीत रहेकाे छ। निर्देशक हरि हुमागाँइले भने ‘भिटेनले चलचित्रको टिजर हेरेपछि प्रमोशन गीत गाउनका लागि सहमती जनाएका हुन्।’
यो गीतको भिडियोमा भिटेन आफै पनि देखिनेछन्। गीतमा भिटेनको साथमा चलचित्रका मुख्य कलाकारहरु सुमी मोक्तान र विजय लामाले साथ दिएका छन्।
आगामी शुक्रबार यो गीत सार्वजनिक गर्ने तयारी गरिएको निर्देश हरिले बताए। नेपाली र्याप गीतमा भिटेन अहिले सर्वाधिक लोकप्रिय छन्।
भिटेनले गायको गीतले अश्लिलता फैलायो भनेर उनलाई, केही दिन अगाडि मात्र प्रहरीले हिरासतमा राखेर छाडेको थियो।
भिटेनको यो गीतले चलचित्रको चर्चा अझै बढाउनेमा यसको निर्माण टिम विश्वस्त छ।