एजेन्सी– नायक अनमोल केसी सँग चलचित्र ‘कृ’ मा काम गरेपछि चर्चामा आएकी नायिका अदिती वुढाथोकीले अहिले सम्म दोश्रो नेपाली चलचित्र साइन गरेकी छैनन्। चलचित्रको चर्चा भएपनि अदितीले जुन खालको प्रतिक्रिया पाउनुपर्ने थियो, त्यो पाइनन्। अदिती भने आफूले खोजे जस्तो कथा नपाएकाले पनि चलचित्र साइन नगरेको बताउँदै आएकी छिन्।
उनै, नायिका अदितीले आफू प्रेममा रहेको खुलाएकी छिन्। उनले, ‘गुड टाइम्स’ लेख्दै प्रेमी सार्वजनिक गरेकी हुन्। अदिती, भारतीय र्यापर अलिम मोरानीको प्रेममा रहेको उनले पोष्ट गरेको तस्वीरबाट पनि वुझ्न सकिन्छ।
अलिमले गाएका केही गीतहरु युटुबमा चर्चामा छन्। अलिमले अदितीसँगको कुनै पनि तस्वीर सार्वजनिक नगरेपनि अदिती भने अब प्रेमलाई नलुकाउने पक्षमा देखिएकी छिन्।
मुम्बइमा रहेर बलिउड चलचित्रको लागि संघर्ष गरिरहेकी नायिका वुढाथोकीले बलिउड चलचित्र नै आफ्नो उद्देश्य भएको बताउँदै आएकी छिन्। धेरै नेपाली कलाकार केही बर्ष बलिउडमा काम गर्ने आशामा सङ्घर्ष गरेर अन्त्यमा नेपालमै फर्केका छन्। अदितिको लागि यो सङ्द्दर्ष सफल या असफल के हुन्छ भन्न सकिदैन किनकि उनले अहिलेसम्म बलिउड चलचित्र साइन गरेकी छैनन्।