एजेन्सी– सौन्दर्य कसलाई मन पर्दैन र? सुन्दर महिलालाई इन्द्रेणीसँग तुलना गर्ने गरिन्छ। सबै प्रकारका रंगहरूसहित सबैलाई मोहित बनाउने पर्याप्त आकर्षक रुप। सुन्दरताले महिलामा आत्मविश्वास र आत्मसम्मान वृद्धि गर्छ। एसियाका महिलाको सौन्दर्य सधै पौराणिक रहिआएको छ।
हजारौं बर्ष पुरानो परम्परा, विशेष पहिरन र घण्टौको ट्रिटमेण्टले एसियाका महिलालाई सुन्दर बनाउँछ। उनिहरुको सुन्दरता देख्दा अलौकिक जस्तै लाग्छ। एसियाका अभिनेत्रीहरुको सौन्दर्यको प्रशंसा विश्वभर नै हुने गरेको छ। यहाँ त्यस्तै केहि सुन्दर एसियाली अभिनेत्रीहरुको बारेमा उल्लेख गरिएको छ।
यी हुन् चर्चित एशियाली अभिनेत्रीः
१) ऐश्वर्या रायः ऐश्वर्या रायलाई भारतीय मोनिका बेलुकी भनेर पनि चिनिन्छ। उनि सुन्दर हुनुको साथै उनमा धेरै भाषाको ज्ञान पनि छ ,जसको कारण उनले अंग्रेजी, तामिल, बंगाली भाषाका धेरै फिल्महरुमा अभिनय गरिसकेकी छिन्। सन १९९४ उनले ‘विश्व सुन्दरीको’ उपाधि पनि जितेकि थिइन्।
२)क्याउडिया ल्यान्क्सः क्याउडिया ल्यान्क्सलाई पाश्र्व गायिका, अभिनेत्री, मोडल र अनुवादकको भगवानको रुपमा चिनिन्छ। क्याउडिया उनको सुन्दरता र परोपकारको कार्यले प्रख्यात छिन्।
३) सिरिन अब्देलर्नरः सिरिन एक प्रसिद्ध लेबनानी अभिनेत्री, गायिका र मोडल हुन्। प्रख्यात निर्देशक र निर्माताहरु पनि उनको सौन्दर्यमा आकर्षित हुने गर्दछन्। त्यसैले उनि छिटै महँगो र डिमाण्डेड अभिनेत्री बनेकि छिन्।
४) फ्राईडा पिण्टोः फ्राईडा पिण्टो एक भारतिय अभिनेत्री र प्रोफेस्नल डान्सर हुन्। पढाईमा रुचि भएकी उनले कला र अंग्रेजी साहित्यमा स्नातक गरेकि छिन्। त्यसैले पनि उनीमा सबै काम गर्न सक्ने क्षतमा भएको विश्वास गरिन्छ।
५) हाइफा वेहबेः हाइफा वेहबे एक लेवानी अभिनेत्री र गायिकाको रुपमा चर्चित छिन्। उनी सानै उमेरमा प्रोफेशनल मोडल भईन्। उनले १६ वर्षको उमेरमा नै ‘मिस साउथ लेवानोन’ को उपाधी जितेकि थिइन्।
६) प्रियंका चोप्राः भारतीय सुन्दरी अभिनेत्रीमध्येकी एक हुन् प्रियंका चोप्रा। उनी विश्व प्रसिद्ध अभिनेत्री हुन्। उनी सुन्दर हुनुको साथै सामाजीक कार्यमा पनि सक्रिय छिन्। उनले २००९ मा कुष्ठरोगीलाई सहयोग गर्ने सतर्क भारत संगठनको लागि फिल्म निर्देशन गरेकि थिइन्। त्यसको अर्को बर्ष उनी युनिसेफको लागि शुभ इच्छाको राजदूत बनेकी थिइन्।
७) राभसाना कुरकोभाः राभसाना कुरकोभा एक रसियन अभिनेत्री हुन्। उनको जन्म पाकिस्तानमा भएको थियो। अभिनय क्षेत्रमा पारिवारीक पृष्ठभूमि नभएपनि त्यसले उनको क्यारियरमा भने कुनै पनि बाधा पारेन। उनी सबैभन्दा धेरै माग गरिएको आधुनिक अभिनेत्री बन्न सफल भएकि छिन्।
८) सबा मुबारकः सबा मुबारक उनकै जन्मथलो जोर्डनको एक चर्चित टिभी र फिल्म सुपरस्टार हुन्। उनले जोर्डनमा सम्पन्न चलचित्र महोत्सवमा ‘सर्वश्रेष्ठ अरब अभिनेत्री’ को उपाधि पनि जितेकी थिइन्।
९) सोफिया बौटेलाः सोफिया अल्जेरियाली नागरिक हुन्। उनी मोडल र डान्सरको रुपमा प्रख्यात छिन्। उनि ‘मडोन्नाज डान्स ट्रोउप’ को डान्सर पनि हुन्। उनले रिहाना, ब्रिटने, स्पेयर, जस्टिन टिमबेरलेक जस्ता धेरै गायक गायिकाको कन्सर्टमा नृत्य प्रदर्शन गरेकि छिन्। सन् २०१५ को ‘किङ्गसम्यानः दि सेक्रेट सर्भिस’ फिल्ममा पनि अभिनय गरेकि थिइन्।
१०) झाङ् जिइः झाङ् जिइ एक चिनिया सुपरस्टार हुन्। उनि ‘गेइस्हा डायरिज’ र ‘ दि हाउस अफ फ्लाइङ ड्यागरस’ फिल्मबाट चर्चित भएकी थिइन्। अहिले उनि चिनको ४ प्रख्यात अभिनेत्री मध्येकी एक हुन्।
