एजेन्सी– बलिउडका ह्याण्डसम हंक हिराे जोन अब्राहम बाइक र कारकाे निकै शाैखिन छन्। जोनसँग राजपुताना लाइट फुट, डुकाती डिवेल, कावासाकी निन्जा, हायाबुसा, महिन्द्रा मोजो लगायतका बाइकको कलेक्सन छ।
साथै उनीसँग निसान जिटी आर, लेम्बोर्गिनी गेलार्डो सहित अन्य कार पनि छन्। उनकाे ग्यारेजमा फेरी एउटा नयाँ गाडी थपिएकाे छ। जाेनलाई फिल्म ‘मुम्बई सागा’ का निर्देशक सञ्जय गुप्ताले ३० लाख रुपैयाँको पिकअप ट्रक गिफ्ट गरेका छन्।
निर्देशक गुप्ताले कार र बाइकका शाैखिन भएका जोनजस्तो मान्छे आफूले अहिले सम्म नदेखेको भन्दै पिकअप ट्रक गिफ्ट दिएका हुन्। ‘जोनसँग धेरै बाइक र कारको कलेक्सन छ, उनको कलेक्सनमा पिकअप ट्रक नभएको कारणले मैले उनका लागि यो किनेको छु,’ निर्देशक गुप्ताले भने।
जोनले यसको टेस्ट ड्राइभ गर्दा पिकअप ट्रक मन पराएको हुनाले आफूले उनको लागि किनिदिएको गुप्ताको भनाइ छ। यसअघि सन् २०१३ मा प्रदर्शनमा आएको फिल्म ‘शूटआउट एट वटाला’ को सफलतापछि सञ्जय गुप्ताले जोनलाई सुपरबाइक गिफ्ट गरेका थिए।