एजेन्सी– नेपाली कलाकारहरुले पनि सामाजिक सञ्जालमा तिहारको उपल्क्ष्यमा स्टाटसहरु पोष्ट गरेका छन्। ‘दीप जस्तै उज्यालो, जगत झै भरिपूर्ण र उमंगले झिलिमिली होस् सबैको जीवन। तिहारको न्यानो शुभकामना।’
अभिनेत्री रेखा थापाले तिहारको मेसोमा यस्तै सन्देश लेखिन्, सामाजिक सञ्जालमा। यससँगै उनले केही तस्वीर समेत पोस्ट गरिन्। रातो पहिरनमा ठाँटिएकी उनले झिलिमिली शहरलाई पृष्टभूमि बनाउँदै प्रशन्न मुद्रामा आफ्नो तस्वीर सार्वजनिक गरेकी हुन्।
त्यसो त तिहारको उल्लास सबैतिर छाएको छ । यो उल्लासमा नेपाली सेलिब्रेटीहरु पनि रमाइरहेका छन् । तिहारको खुसी र रमझमलाई उनीहरुले सामाजिक सञ्जालमा अभिव्यक्त गरेका छन्।
त्यस्तै अर्की चर्चित अभिनेत्री प्रियंका कार्कीले इन्स्टाग्राममा तिहारको खुसी व्यक्त गरेकी छिन्। उनले उनले घर अघिल्तिर रंगोली बनाएकी छिन्। रंगोली र लक्ष्मीको पूजास्थलमा तस्वीर खिचेर इन्स्टाग्राममा राखेकी छिन्। उनले लेखेकी छिन् ‘यो वर्षको मेरो रंगोली‘.सबैलाई तिहारको शुभकामना।’
चर्चित हास्य अभिनेता हरिवंश आचार्य पुत्र मोहितवंश आचार्यले तिहारको रमाइलो तस्वीर सार्वजनिक गरेका छन्। हरिवंश आचार्य पत्नी रमिला आचार्यसँगै मोहित दम्पतीले पूजास्थल र रंगोली अघिल्तिर तस्वीर खिचाउँदै छोटकरीमा लेखेका छन्, ‘ह्याप्पी तिहार।’
नेपाल लोक स्टारकी जज रहेकी गायिका सुनिता दुलालले ‘सबैलाई दीपावलीको शुभकामना, रमाइलो तिहार’ भन्दै तस्वीर सार्वजनिक गरेकी छिन्। उनको तिहारको रौनकले निकै छोएको देखिन्छ।
सामाजिक सञ्जालमै उनले भैलो खेलिरहेको भिडियो पनि साझेदार गरेकी छिन्। सुनिताले तिहारलाई लक्षित गर्दै ‘उज्यालो तिहार’ शीर्षकमा म्युजिक भिडियो सार्वजनिक गरेकी थिइन्। उक्त गीतमा सुनितालाई गायनमा प्रकाश सपूतले साथ दिएका छन्।
गायक प्रमोद खरेलले पनि यसपाली तिहार उल्लासमय ढंगले मनाउँदैछन्। बिजुली बत्तीले झिलिमिली घरलाई पृष्टभूमि बनाएर उनले तस्वीर खिचाएका छन्। घरको आँगनमा उनले आफैले रंगोली बनाएका रहेछन्। तिहारको रमझममा रमाउँदै उनले लेखेका छन्, ‘कन्सर्टबाट फर्केर हतार हतार बनाएको यसपालीको रंगोली, अदि दीपावली। सवैको जीवनमा यस्तै उज्यालो छाओस्, सबैलाई दीपावलीको शुभकामना।’
‘छ माया छपक्कै’ की नायिका केकी अधिकारीले पनि दिपावलीको तस्वीर सार्वजनिक गरेकी छिन्। केकीलाई तिहारको रमझमले राम्रैसाग छोपेको देखिन्छ। उनले फेसबुकमा तिहार लक्षित तस्वीरहरु एकपछि अर्को सार्वजनिक गरेकी छिन्। रंगोली अघिल्तिर उभिएर, दियो बालेर तस्वीर खिचाएकी छिन्।
फेसबुकमा उनले दीयो जलाइरहेको तस्वीर सार्वजनिक गरेकी हुन्। पहेंलो कुर्तामा ठाँटिएकी उनी क्लासिक लुक्समा देखिन्छन्। यसैगरी अभिनेत्री अदिती बुढाथोकी तिहार मुडमा देखिन्छन्। तिहारलाई लक्षित गर्दै प्रशन्न मुद्रामा आफ्ना तस्वीरहरु सार्वजनिक गरेकी छिन्। साडी र कुर्तामा उनी निकै सालिन, सौम्य देखिएकी छिन्।
अदितीले दियो बत्तीसागै तस्वीर खिचाएकी छिन् र लेखेकी छिन् ‘उज्यालोको पर्व।’ यसअघि उनले ‘ह्याप्पी दिवाली’ भन्दै तिहारको शुभकामना साटेकी छिन्।
अभिनेत्री सुष्मा अधिकारीले तिहार निकै रमाइलोसँग मनाइरहेकी छिन्। उनले घर परिवारसँग दिपावली मनाइरहेको तस्वीरहरु सार्वजनिक गरेकी छिन्। रंगोली, पूजास्थलमा तिहार मनाइरहेको तस्वीर राख्दै सुष्माले लेखेकी छिन्, ह्याप्पी तिहार।
कतिपय सेलिब्रेटीको तिहार चाहि यसपाली खल्लो भएको छ। हास्य कलाकार राजाराम पौडेलले यसपालीको तिहार मनाउन पाएका छैनन् । उनले फेसबुकमा लेखेका छन् ‘मेरो त यो लगातार दुई वर्ष भयो तिहार मनाउन नपाएको। घरमै दिक्क भएर बसिरहेको छु।
न लक्ष्मी पूजा, न भाइटिका।’ त्यसैगरी लोक गायिका बिमाकुमारी दुराले पनि बाबु बाजेले मान्दै आएको सँस्कारलाई दुःख सुख जे भएपनि हाँसी खुशी मनाउनु होस् भन्दै लेखेकी छिन्।