काठमाडौं– धादिङ्की ११ बर्षे बाल गायिका कमला घिमिरेले अहिले नेपाली लोक दोहोरी गीतमा सबैलाई चकित पारेकी छिन्।
उनले लोक दोहोरी क्षेत्रका चर्चित कलाकारहरु सँग दोहोरीमा प्रतिस्प्रधा गरिसकेकी छिन्। लोकदोहोरी गायक राजु परियार, प्रकाश सपुत, रविन लामिछाने, खुमुन अधिकारी लगायतका गायकहरु सँग उनले गायका दोहोरीलाई मानिसहरुले एकदम रुचाएका छन्।
अहिले हरेक स्टेजमा कार्यक्रममा कमला व्यस्त हुँदै आएकी छिन्। प्राय कार्यक्रममा आयोजकहरुले उनलाई खोजी गरिरहेकै हुन्छन्। त्यसैले उनलाई अहिले भ्याई नभ्याई छ।
उनै गायिका कमलाका तीन बर्षीय भाईले पनि गीत गाउँछन् भन्दा अचम्म लाग्न सक्छ, तर उनले एउटा स्टेज कार्यक्रममा कमला सँगै उपस्थित भएर चौतारीको बर गीत गाएर सुनाउँदा सबै जना चकित छन्। भोलि कमलाको जस्तै गाउँन सक्छन् या सक्दैनन् त्यो भनिहाल्न सक्ने अवस्था नभएपनि पनि यो सानो उमेरमा यसरी गाएको देख्दा कमला भन्दा उनी कम हुनेछैनन् भन्ने सबैको अड्कल छ।
https://youtu.be/uWOM9tGnA2g