काठमाडौं– विश्व अझै तातो भइरहेको छ। २०१९को जुलाई महिना हालसम्म अभिलेख गरिएकोमध्ये सबैभन्दा तातो महिना बनेको देखिएको छ। पछिल्लो समय औद्योगीकरणको विकाससँगै वायुमण्डलमा नकारात्मक असर पर्दै आइरहेको छ। फलस्वरूप जलवायु परिवर्तनका कारण पृथ्वीमा तापक्रमको मात्रा बढ्दै गईरहेको हो। शृंखलाबद्ध रुपमा बढ्दै गरेको तापक्रमले मानव जाति लगाएत सम्पूर्ण जलचर र स्थलचर जीवनका लागि खतरापूर्ण बन्दै गएको छ।
विश्वका अत्यधिक गर्मी हुने मुख्य ठाउँहरुमध्ये केहि यसप्रकार छन्:
१.अजिजियाह (Aziziyah):
लिबियामा अवस्थित अजिजियाह विश्वको सबैभन्दा गर्मी हुने ठाँउको रुपमा रेकर्ड गरिएको थियो। सन् १९९२ मा यहाँको तापक्रम ५८ डिग्री सेल्सियस पुगेको दाबी गरिएको थियो। यहाँको औसत तापक्रम ४८ डिग्री सेल्सियस हुने गरेको छ तर सन् २०१२ मा मौसम विभागले यो विश्वको सबैभन्दा गर्मी हुने ठाँउ नभएको बताएका छन्।

२. डेथ भ्याली (Death valley):
अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्याली संसारकै अत्यधिक गर्मी हुने ठाउँहरु मध्ये एक हो। सन् १९९३ मा यहाँको तापक्रम ५६ दशमलव पाँच डिग्री सेल्सियस सम्म पुगेको थियो। यहाँको तापक्रम औसतमा भन्ने हो भने ४७ डिग्री सेल्सियस पुग्ने गरेको छ।

३. दश्त ए लुट (Dasht-e Lut):
इरानमा रहेको यो मरुभूुमि पृथ्वीको सबैभन्दा गर्मी ठाँउ मानिन्छ। यस क्षेत्रमा कुनै पनि प्राणी जीवित रहन सक्दैनन्। सन् २००३ देखि २००९ सम्मको बिचमा सैटेलाइटबाट लिएको त्यस क्षेत्रको तापक्रम ७० दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको थियो। यहाँको औसत तापक्रम ४८ डिग्री सेल्सियस सम्म रहन्छ।

४. वदी हाल्फा (Wadi Halfa):
सुडानमा अवस्थित यो सहरमा सबैभन्दा बढि गर्मी जुन महिनामा हुने गर्छ। यस महिनामा यहाँका तापक्रम ४१ डिग्री सेल्सियस सम्म हुन्छ। सन् १९६७ मा सबैभन्दा बढि गर्मी, ५३ डिग्री सेल्सियस भएको रेकड राखिएको छ।

५. तिरत जवी (Tirat Zvi):
इजरायलमा रहेको तिरुन जवी एशियाकै सबैभन्दा गर्मि हुने ठाउँ पनि मानिन्छ। १९४२ को जुन महिनामा यहाँको तापक्रम मापन गर्दा ५४ डिग्री सेल्सियस थियो।

६. टिंबुकु, माली (Timbuktu, Mali)
सहारा मरुभूमिको किनारमा रहेको स्थानको औसत तापमान ३० डिग्री सेल्सियस हुने गरेको छ भने अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस मापन गरिएको छ।
