काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा अहिले निकै विवादमा आएका छन्।
उनले ‘गाँजा’ तथा ‘बियर’ जस्ता शब्द म्युट गर्दै अपलोड गरेको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत पुनः हटाएका छन्। गीतमा परिमार्जन गरेर पुनः अपलोड गरेको गीत ‘डन आयो डन’ लाई उनले हटाएका हुन्। यसअघि उनले प्रहरीको आग्रहमा ‘ह्याप्पी तिहार, चिसो बियर’ शब्द पनि हटाएका थिए।
‘ह्याप्पी तिहार’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएपछि विवादमा मुछिएको थियो। सो गीत विवादमा आएसँगै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेपछि मंगलबार प्रहरीले थापालाई नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरी नियन्त्रणमै रहेका बेला उनले सो गीत हटाएका थिए।