काठमाडौं– लोकप्रिय अभिनेता गजित बिष्ट र मोडल कोरियोग्राफर गम्भीर बिष्ट दाई भाई हुन्।
नेपाली चलचित्र र गीत सङ्गीतमा दुवै जना अनवरत रुपमा काम गरिरहेको भएतापनि उनीहरुलाई अहिले सम्म सँगै पर्दामा देखिदैन। तर, यसपाली यी दुई दाजु भाई गायकद्वय सत्यराज र स्वरुपराज आचार्यको पछिल्लो ‘ए सानी.’ गीत मा एकसाथ मोडलका रुपमा प्रसस्त भएका छन्।
यो संयोग अलिकति पृथक छ, किनभने सत्यराज र स्वरुपराज पनि दाजु भाई नै हुन्। त्यसो त समग्रमा गीतमा दुई जना दाजु भाईको गायिकी र दुई जना दाजु भाईको अभिनयले गीत राम्रो होला भन्ने दर्शको अनुमान छ।
शिखर कोइराला चन्द्रको शब्द रहेको उक्त गीतको भिडियोमा बिष्ट दाजुभाइसँग मोडल समिक्षा पोखरेलले रोमान्स गरेकी छन्। गम्भिर बिष्टकै निर्देशन कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पादन रहेको छ।