काठमाडौं — विजय दशमी अवसरमा यही असोज १६ गते राष्ट्रिय सभागृहमा ‘पर्वत सङ्गीत साँझ’ हुने भएको छ। पर्वत जिल्लाका कलाकारहरुको साझा सङ्गठन ‘पर्वत कलाकार समाज नेपाल’ कोे आयोजनामा सो कार्यक्रम हुने भएको हो।
सो कार्यत्रममा रु २० लाख रुपैयाँको अक्षयकोषको स्थापना गर्न लागिएको समाजका अध्यक्ष्य कुमार केसीले बताए। कसैलाई दुःख पर्दा समस्या नहोस् भन्ने उद्धेश्यका साथ सो कार्यक्रम हुन लागेको केसीले बताएका छन्।
कार्यक्रम दिउसो २ः३० बजेबाट शुरु हुने छ। कार्यक्रममा पर्वतका चर्चित कलाकारहरु विमलराज क्षेत्री, कस्तुप पन्त, कुलेन्द्र विश्वकर्मा, कृष्ण समिप सुवेदी प्रल्हाद सुवेदी, याम क्षेत्री र कुमार केसीको प्रस्तुति रहने कार्यक्रममा अथिति कलाकार चर्चित गायिका शर्मिला गुरुङ को पनि प्रस्तुति रहने छ।
कार्यक्रममा लोक गायक कुलेन्द्र विश्वकर्मा र अमृत क्षेत्रीलाई सम्मान गरिने बताईएको छ। साथै कार्यक्रममा प्रवेश निशुल्क गरिएको आयोजकले जनाएको छ।