काठमाडौं– दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेको फिल्म ‘छक्का पञ्जा २’ युट्युबमा सार्वजनिक भएको छ। फिल्म ‘छक्का पञ्जा २’सोमबार युट्युबमा सार्वजनिक गरिएको हो।
उक्त फिल्म १२ घण्टामा ६ लाखभन्दा बढी व्यक्तिहरुले हेरिसकेका छन्। दीपकराज गिरीको कथा र दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म ‘छक्का पञ्जा २’ ले बक्स अफिसमा शानदार व्यापार गरेको थियो।
फिल्मको अभिनयमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहारी, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का लगायतका कलाकारहरु रहेका छन्।
विपिन मल्लले सम्पादन गरेको फिल्ममा कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। त्यसैगरि रोशन श्रेष्ठको एक्सन, विकासराज आचार्य र सामीप्यराज तिमल्सिनाको कथा रहेको शो फिल्म दीर्घ गुरुङले छायांकन गरेका हुन्।
फिल्म हेरेका दर्शकबाट मिश्रित प्रतिक्रिया आएको छ। एक दर्शकले विदेशमा बसेर पनि नेपाली फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरेका छन। त्यसैगरि अर्का दर्शकले आक्रोश पोख्दै, ‘फिल्मको नाममा सिरियल रैछ, त्यो पनि ताइ न तुइको।’ भएको प्रतिक्रिया दिएका छन्।
https://youtu.be/q1BzJ6na4Nc