काठमाडौं–फिल्म निर्देशक शोभित बस्नेतको पछिल्लो समयमा कुनै पनि फिल्म आउा सकेको थिएन। फिल्म व्यवसाय राम्रो नभएपछि आफूले फिल्म नबनाएको बताउदै आएका छन्।
शोभित फिल्म नगरे पनि फुर्सदमा भने बसेका छैनन्। उनी अहिले पारिवारिक टेलिसिरियल ‘कुल खानदान’को निर्माणतिर व्यस्त छन्। पारीवारीक बिषयबस्तुमा आधारित टेलि सिरियल दशैंदेखि प्रशारण हुने निर्देशक बस्नेतले जानकारी दिएका छन्। उक्त श्रृखला रमाइलो टिभीमा प्रशारण हुने भएको छ।
पारिवारिक जीवनको बिषयलाई समेटिएको टेली सिरियलमा नीर शाह, सपना श्रेष्ठ, उत्तम केसी, रोहित रुम्वा, बिशाल पहाडी, शुभेच्छा थापा, अस्मिता जुरेली, संगम भण्डारी र नवअभिनेत्री काब्या कार्की र बालकलाकार एन्जिल रोकायको मुख्य अभिनय रहने भएको छ।
राहुल राईले छायांकन गरेको उक्त कार्यक्रमलाई सलिना बस्नेतले निर्माण गरेका हुन्। टेलिसिरियल ‘कुल खानदान’लाई फिल्मी शैलीमा निर्माण गरिएको निर्देशक बस्नेतले बताए।
https://youtu.be/oFMayRGul-M