काठमाडौं – फिल्म ‘तिमीसँगै हुने मन छ’ मा अभिनेता रविन्द्र झा पनि देखिने भएका छन्। शो खबर निर्देशक दिवाकर भट्टराईले दिएका हुन्।
रविन्द्र झा पछिल्लो समय नेपाली सिनेमा जगतका राम्रा कलाकारमा गनिन्न्छन्। उनलाई राम्रो पारिश्रमिक दिएर उक्त फिल्ममा अनुबन्धित गरिएको निर्देशक भट्टराईले बताएका छन्।
अभिनेता झा अनुबन्ध भएपछि सिनेमा थप उचाईमा पुग्ने विश्वास निर्देशक भट्टराईले व्यक्त गरेका छन्। निर्देशकका अनुसार रविन्द्र झा फिल्मको कथामा सुहाउँदा कलाकार हुन्। फिल्ममा उनलाइै पनि मुख्य भुमिकामा देख्न सकिन्छ।
फिल्मको धेरैजसो छायांकन पोखरामा हुने भएको छ। उक्त फिल्मको निर्माण ओम नम शिवाय प्रोडक्सनको व्यानरले गरेको हो। प्रेमकथामा आधारित शो फिल्म दशैँपछि फ्लोरमा जाने बताइएका छ। फिल्ममा नयाँ तथा पुराना कलाकारको अभिनय देख्न सकिन्छ।