एजेन्सी–बलिउड हिरोइन इलियान डिक्रूजले आफ्नो निन्द्रामा हिड्ने बानी भएको लगभग स्विकारेकी छिन्। उनकोअनुसार निन्द्रामा हिँड्ने बानीका कारण बिहान उनको खुट्टामा सानोतिनो चोटपटक लाग्ने गरेको छ।
इलियानाले शनिवार यो कुरा आफ्नो ट्विटरमार्फत खुलाएकी थिइन्। उनले लेखेकिछिन्, ‘म यो कुराको पूर्णरुपमा स्विकार गर्छु कि मेरो निन्द्रामा हिड्ने बानी छ। सायद यहि सत्य हो किनकी बिहान उठ्दा मेरो खुट्टामा रहस्यमय तरिकाले घाउ देखा पर्दछ। यो कुरा स्विकार्नु बाहेक अरु उपाय नै छैन।’
इलियानाको यस्तो पोष्ट पढेपछि उनका फ्यानहरु भने चिन्ता व्यक्त गर्दै कोठामा सीसीक्यामेरा राख्न सल्लाह दिएका छन्। तर कति फ्यानले यसलाई भूतको संज्ञा दिएका हुन्। एक फ्यानले उक्त पोष्टमा कमेन्ट गर्दै सोधेका छन्, ‘जब तपाँई उठ्नुहुन्छ त्यस समय आफूलाई ओछ्यानमा पाउनुहुन्छ कि अन्य कुनै ठाँउमा? यदि अन्य कुनै ठाँउमा पाउनुहुन्छ भने यो स्लीप वाकिङ हो अन्यथा तपाँई भूतको शिकार भएको हुन सक्छ।’
इलियाको लभ लाइफ निकै खुसी थिया र उनले आफ्नो प्रेमीसगँ विवाह गरेकी थिइन्। तर, केही दिन देखि ब्रेकअप भएको खबर आएको छ।