काठमाडौं – सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित नेपालले नाडेज्दा कप फुटबलमा किर्गिस्तानमाथि ६– २ को अग्रता लिएको छ। नेपालको लागि सावित्राले ह्याट्रिक गर्दा कप्तान निरु थापा, अनिता बस्नेत र दिपा राइले गोल गरेका छन्।
सूरुवातदेखि नै घरेलु टोलीविरुद्ध आक्रमक बनेको नेपालले पहिलो हाफ सकिँदा ४ गोलको अग्रता बनाएको हो। खेल सुरु भएको चौथौ मिनेटमा नै अग्रता दिलाएकी सावित्राले ३० औं मिनेटमा ह्याट्रिक पूरा गरेकी हुन्। ४ औं मिनेटमा पहिलो गोल गरेकी सावित्राले १५ औं मिनेटमा दोस्रो तथा ३० औं मिनेटमा ह्याट्रिक गरीन्।
दिपा राइले २५ औं मिनेटमा गोल गर्दा अनिता बस्नेतको ३४ औं मिनेटमा गोल गरीन्। यसैगरी कप्तान निरु थापाले ३७ औं मिनेटमा गोल गर्दै टोलीलाई ६-२ को अवस्थामा र्पुयाएकी हुन्। किर्गिस्तानले १९ औं मिनेट तथा २२ औं मिनेटमा गोल गरेको हो।