काठमाडौँ, ४ माघ –९ दिनदेखि इलाममा आमरण अनसनरत डा. गोविन्द केसीलाई काठमाडौ ल्याइएको छ। उनको स्वास्थ्य गम्भीर भएपछि गएराती काठमाडौँ ल्याइएको हो।
मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले डा. केसीको ज्यान कुनैपनि बेला तलमाथि हुनसक्ने बताएपछि उनलाई काठमाडौँ ल्याइएको हो।
बिहिबार साँझ इलाममा हेलिकप्टर बस्न नसकेपछि डा. केसीलाई झापाको भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो। भद्रपुरदेखि भने सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो।
डा. केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था अझैपनि चिन्ताजनक नै रहेको जनाइएको छ।