काठमाडौँ – गायिका इन्दिरा भट्टराईको स्वरमा ‘नाचौँ मितिनी’ बोलको नयाँ तीज गीत आज बिहीबार सार्वजनिक गरिएको छ। गायिका ईन्दिरा भट्टराईको सभापतित्वमा भएको एक कार्यक्रमका बीच प्रमुख अतिथि गीतकार दिनेश अधिकारीले उक्त गीतको विमोचन गरेका हुन्।
विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै संगीतकार सन्तोष श्रेष्ठ उद्योग मन्त्रालयका उपसचिव जनार्दन बडाल र गीतकार दिनेश अधिकारीले गायिका भट्टराईले गाएको यस गीतको सफलताको कामना व्यक्त गरे। गीतमा व्यक्त शब्दहरू गीतकार अधिकारीले अत्यन्त सोचविचारका साथ संयोजन गरेका छन्। परम्परागत तीज गीतभन्दा पृथक गएर कवि अधिकारीले यस गीतलाई पूर्ण रुपले साहित्यिक आवरण दिएका छन्। गीतका शब्दमा उछृङ्खलता एवं भद्दापन छोडेर मर्यादालाई आदर्श बनाइएको प्रष्टसँग बुझ्न सकिन्छ।
कवि एवं गीतकार दिनेश अधिकारीको शब्द रहेको यस गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन्। सुदिप सागरले एरेन्ज गरेका यस गीतलाई सुर संगीत स्टुडियोले रेकर्डिङ गरेको हो। गीतलाई सन्तोष पौडेलले अडियो मिक्सिङ गरेको यस गीतको भिडियोमा सम्झना बुढाथोकीको निर्देशन रहेको छ। भिडियोमा निर्देशक बुढाथोकी, नितु काेइराला, सरस्वती राना थापा, लगायत बाल कलाकारमा सदिक्षा रावत र आरोही भट्टराईको अभिनय रहेको छ।
राजु केसीले छायांकन गरेको यस भिडियोमा विष्णु शर्माको सम्पादन र भागिरथा गाहाको कोरियाेग्राफी रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://www.youtube.com/watch?v=oglZVeh-qEA