काठमाडौँ – अन्जु गौतमको स्वरमा ‘रातो चोली’ बोलको मौलिक तीज गीत सार्वजनिक भएको छ। नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको शुभकामनास्वरुप सो गीत सार्वजनिक गरिएको हो।
बिजय कटेलको शब्द रहेको गीतमा कुन्दन राईको एरेन्ज रहेको छ। भिडियोलाई विजय राज भुर्तेलले सम्पादन गरेका हुन्। राम प्यासीको निर्देशनमा तयार भएको भिडियोमा ज्योति, अस्मिता, सुस्मिता, सोबिताको मुख्य अभिनय रहेको छ। भिडियोको छाँयाकन रामेश्वर जिरेलले गरेका हुन्।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/bm_SynPpzkc