- श्रीविलास दाहाल
नेपाली कांग्रेसका वर्तमान नेतात्रयमध्येका एक सर्वश्री वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौड्याल र त्यसपछि कृष्णप्रसाद सिटौला। नेपाली कांग्रेसको सभापति हुने सपना धेरैले देखे। २०४६ को प्रजातन्त्रको पुनःस्थापनादेखिको कांग्रेसको इतिहास पारदर्शी नै छ। तर पनि, सभापति हुने सपना सजिलो भने देखिएको छैन।
सर्वप्रथम खुला अधिवेशन २०४८ सालमा, कृष्णप्रसाद सिटौलाकै गृहजिल्लामा झापाको कलबलगुडीमा भएको हो। त्यो कांग्रेसको महाधिवेशनमा धेरै वर्ष कार्यवाहक सभापति भएर काम गरिरहेका कृष्णप्रसाद भट्टराईलाई के हो? के हो? भएको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सभापति पदका लागि उठेको भए कृष्णप्रसाद भट्टराई हार्ने निश्चित थियो। तर, त्यसो भएन, भट्टराई निर्विरोध सभापति हुनुभयो।
सर्वश्री रामहरि जोशी, चिरञ्जीवी वाग्ले, भीमबहादुर तामाङ सबैले सपना देखे। तर, शेरबहादुर देउवाले चैँ सपना देख्नुभयो, संघर्ष गर्नुभयो। पोखरा महाधिवेशनमा गिरिजाप्रसादविरुद्ध लड्नुभयो। कृष्णप्रसाद भट्टराई मौन नरहेको भए त्यसैबेला शेरबहादुर सभापति हुने थिए। तर, कृष्णप्रसाद भट्टराईलाई कलबलगुडीको गिरिजाको गुन तिर्नु थियो। पहिलो पुस्ताका नेता वचनका पक्का थिए।
वर्तमान सभापति शेरबहादुर देउवा काठमाडौँ महाधिवेशनमा सुशील कोइरालाका विरुद्ध सभापतिमा लड्नुभयो। तर, हार्नु भयो। ससुरा–ज्वाइँ अर्थात् अर्जुननरसिंह केसी र गगन थापा शेरबहादुर प्यानलतिर भएको भए, यो अहिलेको कच कच हुने थिएन। सभापति पदको हस्तान्तरण सजिलै हुने थियो। कांग्रेसको यो दुर्गति पनि हुने थिएन। कांग्रेसलाई एकपटक पछारिनु छ। नियतिको खेल नै यस्तो भएपछि कसको के लाग्छ? यो घटनाले एउटा पाठ सिकाएको छ।
सर्वप्रथम खुला अधिवेशन २०४८ सालमा, कृष्णप्रसाद सिटौलाकै गृहजिल्लामा झापाको कलबलगुडीमा भएको हो। त्यो कांग्रेसको महाधिवेशनमा धेरै वर्ष कार्यवाहक सभापति भएर काम गरिरहेका कृष्णप्रसाद भट्टराईलाई के हो? के हो? भएको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सभापति पदका लागि उठेको भए कृष्णप्रसाद भट्टराई हार्ने निश्चित थियो।
गत तेह्रौँ महाधिवेशनको कथा र व्यथा अलिक फरक छ। श्री शेरबहादुर देउवा तेस्रोपटक सभापति पदका लागि चुनाव लड्नुभयो। र, दोस्रो चरणको मतदानपछि कृष्णप्रसाद सिटौलाको सहयोग र समर्थनमा जित्नुभयो। तीन जना उम्मेदवार कोहीभन्दा कम थिएनन्। रामचन्द्र पौड्याल दाइको गणित जहिले पनि बिग्रिन्छ। नेपाली कांग्रेसको ‘फस्टम्यान’ अर्थात् सभापति र प्रधानमन्त्री हुन उहाँलाई लेखेको रहेनछ।
कृष्ण सिटौलाजीको रणनीति बुझ्नै गाह्रो छ। झापाली कांग्रेसीले धेरै वर्षसम्म उहाँलाई देखिसहेनन्। स्वर्गीय सी.के. प्रसाईले बडो जोडबल गरेर उहाँलाई जिल्लामा स्थापित गराइदिनुभयो। त्यो पनि केशवकुमार बुढाथोकी कांग्रेसबाट विरक्तिएर पञ्चायततिर नलागेका भए उनलाई कांग्रेसमा यहाँसम्म आइपुग्न गाह्रै पर्ने थियो।
सिटौलाजी सुजाताको फेर समातेर गिरिजाको काखैमा पुग्नुभयो। माओवादीसँगको १२ बुँदे सम्झौताको सल्लाहकार (मध्यस्थकर्ता) बन्नुभयो। शेखर कोइराला र सिटौलाको जोडी खुबै जमेको हो। माओवादीलाई हेलिकप्टरको सवारी पनि गराउनुभयो। प्रचण्डसँग नाता पनि जोड्नुभयो। गृहमन्त्री पदमा रहेर चुनाव लड्दा माओवादीले चित पारे, उहाँले हार्नु भो।
यसपटक त विचरा कुमार बुढाथोकीको भविष्यवाणी गलत सिद्ध भयो। उनले मलाई एकदिन भनेका थिए, तँलाई थाहा छैन, ओली र सिटौला मामा–भान्जा हुन्, यिनले झापामा चैँ चुनाव हार्दैनन्। त्यसो भए कांग्रेस, राप्रपा र एमालेको एकएक सिट चैँ पक्का भएछ भनेर हामी हासेका थियौँ। आखिर ओली र लिङ्देन चुनाव मैदानबाट पार लागे। फेरि चित खानेमा सिटौला नै परे। उनले राप्रपालाई मिलाइदिने प्रपञ्च नमिलाएको भएर कांग्रेसप्रति उनको पूर्ण निष्ठा र प्रयत्न भएको भए झापामा ओलीको पराजय निश्चित थियो भन्ने कार्यकर्ता भेटिन्छन्।
संसद् विघटन नहोस् भनेर गिरिजाबाबुले अन्तिमसम्म प्रयास गर्नुभएको हो। दमननाथ ढुंगाना तत्कालीन कांग्रेसका सभामुखले अतिरिक्त आदर्शवाद नदेखाएर व्यावहारिक भएर दुई दिन सदन स्थगित गरिदिएको भए देश मध्यावधिमा नै जाने थिएन। उहाँको त थेगो थियो, ‘सत्ता पक्षको सरकार र विपक्षको संसद्’ भन्नुहुन्थ्यो।
नेपाली कांग्रेसमा बौद्धिक समूह, त्यो पनि युवा कांग्रेसको छ भन्ने गरिन्छ। झापामा त विश्वप्रकाशलाई उनले किनारा नै लगाएका हुन्। देउवाको बल्छी नपरेको भए त विश्वप्रकाश अहिले प्रवक्ता भएर प्रवचन होइन, कतै झापामा कविता वाच्दै हुने थिए। रूप राम्रो छ, बोली पनि मिठै छ, व्यवहार भने बुझिनसक्नुको छ। नेपाली कांग्रेसमा गिरिजापछि मनै हूँ भन्ने अहंकार उहाँमा छ।
गिरिजाबाबुसँगको उहाँको संगत देशभित्र त्यो पनि गिरिजाबाबुको सत्ताको हाइटमाथि पुगेर। गणेशमानजी र किसुनजीलाई लाखापाखा लाएपछि भएको हो। सार्वजनिक रूपमा गणेशमान र भट्टरालाईलाई कहिल्यै पनि गिरजाबाबुले माइनस गरेझैँ देखाउनु भएन। धेरै कार्यकर्तालाई सधैँ भ्रम भइनै रह्यो। बूढाहरू आफैँ बाँउठेर गिरिजाबाबुलाई एक्लो पारेका हुन्।
संसद् विघटन नहोस् भनेर गिरिजाबाबुले अन्तिमसम्म प्रयास गर्नुभएको हो। दमननाथ ढुंगाना तत्कालीन कांग्रेसका सभामुखले अतिरिक्त आदर्शवाद नदेखाएर व्यावहारिक भएर दुई दिन सदन स्थगित गरिदिएको भए देश मध्यावधिमा नै जाने थिएन। उहाँको त थेगो थियो, ‘सत्ता पक्षको सरकार र विपक्षको संसद्’ भन्नुहुन्थ्यो। हाम्रो विपक्ष परिपक्व लोकतान्त्रिक भएको छैन भनेर उहाँले हेक्का राख्नु भएन। आजसम्म पनि त्यत्रो प्रचण्ड बहुमत पाउँदा सरकार आफैँ विपक्ष भएको छ।
त्यसबेला पनि असन्तुष्ट भएका ३८से भनेर विरोध गर्ने सांसदहरूको बैठक तत्कालीन कोषाध्यक्ष वेणीबहादुर कार्कीको मान भवनमा बसेको थियो। गिरिजाबाबुले पठाएका दूतहरू महेश्वरबाबु, चक्र बाँस्तोला, महेश आचार्य असफल भएका थिए। उनीहरू गिरिजाबाबु स्वयं आउनु पर्छ भन्दै थिए। गिरिजाबाबु जाने मनस्थितिमा पुगिसक्नु भएको थियो। तर, गिरिजाबाबुलाई नेतात्रयको अवधारणा सकियो, तपाईं नै नेता हो, देश अहिले मध्यावधिमा गए दुई तिहाइ आउँछ भनेर कन्भिन्स गरे।
सभापति शेरबहादुर देउवालाई असहयोग गरेर उहाँले यो १४औँ महाधिवेशनमा शेरबहादुरलाई विजयी हुने राम्रो वातावरण बनाइदिनुभयो। देउवाले आफ्नो माकुराको जाल राम्ररी बुन्ने मौका पाए। आगामी सभापतिको चुनावमा उनलाई कसले कसरी हराउने?
गिरिजाप्रसादले कृष्णप्रसाद सिटौलालाई गृहमन्त्री जस्तो महत्त्वपूर्ण पद दिएर नजिक राख्नुको कारण सजिलो र राम्रो कारिन्दा भनेरै हो। राम्रो, मिठो बोल्ने, धेरै नबोल्ने, हिन्दी, नेपाली, अंग्रेजी जान्ने वकील त्यति मात्र हो। महेश आचार्य, शैलजा, चक्रजति राजनीतिक महत्त्व दिनु हुने थिएन बाँचुञ्जेल सुशील कोइरालाले पनि महत्त्व दिएको होइन।
शेरबहादुर देउवालाई नेपाली कांग्रेसको सभापति हुन तीनपटक लाग्यो। सिटौलाको भाग्य नै बलियो रहेछ भने कसको के लाग्छ? तर, जुन सैद्धान्तिक र रणनीतिक हिसाब लिएर उहाँ हिँड्न खोजिरहनु भएको छ, त्यो पाराले त कांग्रेसीजनको मन जित्न सम्भव छैन। सभापति पदका लागि शेरबहादुर देउवालाई समर्थन गरेर त्यस्तो दोस्रो चरणमा विजय गराएपछि एक कार्यकाल त निःशर्त सहयोग गर्नुपर्ने हो। त्यसो गरेको भए, यसपटक सभापति हुन बेर थिएन।
सभापति शेरबहादुर देउवालाई असहयोग गरेर उहाँले यो १४औँ महाधिवेशनमा शेरबहादुरलाई विजयी हुने राम्रो वातावरण बनाइदिनुभयो। देउवाले आफ्नो माकुराको जाल राम्ररी बुन्ने मौका पाए। आगामी सभापतिको चुनावमा उनलाई कसले कसरी हराउने? एक वर्ष त के निर्वाचन आयोगले दिएको ६ महिनाको समय सुविधा पनि उपयोग गर्ने भए। चुनाव प्यानलबाइज हुने भयो। भागबण्डाको संस्कृतिले त्यही देखाउँछ।
यत्रो वर्षपछि नेपाली कांग्रेसले पुनर्जागरण अभियान चलायो। चाहेजस्तो नभए पनि र भनेजस्तो उपलब्धि नदेखिए पनि यसले आफ्नो रंग देखाउन थालेको छ। यो पार्टीको यत्रो अभियानलाई सिटौलाले मुक्तकण्ठले प्रशंसा गर्न सकेनन्। नेपाली कांग्रेसको सभापति हुन्छु भनेर आँट्ने मान्छेको चित्त भने यति सानो भएपछि यो सपना कसरी पूरा होला? गिरिजाबाबुको मात्र लिगेसी बोकेर कांग्रेस हाँक्न सकिँदैन। अस्तु।