काठमाडौँ– अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल र पूर्णकला बिसीको स्वरमा ‘दुलाहा दुलही’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ।
रामप्रसाद खनालको नै शब्द/स्वर रहेको गीतमा थानेश्वर गौतमले संगीत भरेका छन् भने आशिष अबिरलको म्युजिक एरेन्ज रहेको छ। विवाहका बेला र विवाहको पार्टीमा सदाबहार रुपमा बजाउन र नाँच्न मिल्ने गीत मौलिक र अहिलेसम्म बजारमा आएका अन्य पञ्चेबाजाका गीतभन्दा स्तरीय रहेको छ।
गीतमा नविन घर्ती मगरको सम्पादन रहेको छ। शंकर बिसी र सर्जक खनालको संयुक्त निर्देशन रहेको भिडियोमा मोडल करिश्मा ढकालसहित किरण केसी, शिवहरि पौड्याल, रामप्रसाद खनाल, शंकर बिसी लगायतका कलाकारको अभिनय रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/n6jYDiRaAKk