काठमाडौँ – सामसुङ इलेक्ट्रोनिक्स नेपालले आईसीसी क्रिकेट वर्ल्डकप २०१९ का अवसरमा ‘अन बक्स म्याजिक विथ एभरी हिट’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले सामसुङका टीभी खरिदगर्दा ४४ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यस क्यासब्याक अफरमा, ग्राहकहरूले काठमाडौँका सामसङ प्लाजामार्फत टीभी खरिद गरी सरल किस्ताबन्दीको सुविधासमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। सरल सुविधा १२ महिना अवधिको हुने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार ग्राहकहरूले सामसुङ टीभी खरिद गर्दा २ वर्षको वारेन्टी प्राप्त गर्नेछन्। जसअन्तर्गत टीभीमा १ वर्षको वारेन्टी र थप १ वर्षको वारेन्टी सुविधा प्यानलमा मात्र प्राप्त हुनेछ। अफर यही जेठ १८ देखि असार ३० गते सम्म लागू हुनेछ।
उक्त याेजना नेपाल अधिराज्यभरिका सामसुङ प्लाजा तथा हिम इलेक्ट्रोनिक्स प्रा. लि. र त्रिवेणी व्यापार प्रालिका डिलर सञ्जालमा आबद्ध आधिकारिक विक्रेताहरूमार्फत प्राप्त गर्न सकिनेछ।