भारतीय प्रधानमन्त्री नरेन्द्रभाई मोदीले योपटक शपथग्रहण समारोहबाटै आफ्नो रणनीति र चाल प्रारम्भ गर्ने भए। आफ्नो शपथग्रहण समारोहमा मरिशसका प्रधानमन्त्री र अन्य एक जनासहित बिमस्टेकका सदस्य राष्ट्रलाई निमन्त्रणा दिएर दक्षिण एसियामा पाकिस्तानलाई एक्ल्याउने प्रयास गर्दैछन् भन्ने मानसायलाई उनले प्रस्ट पारेका छन्। सार्क राष्ट्रका सदस्यलाई पाखा लाएर मालदिभ्स र भुटानजस्तो साना राष्ट्रमात्र बहिस्कृत भए। भारतका लागि भुटान र मालदिभ्सको खास अर्थ छैन।
प्रधानमन्त्री मोदीको यो दोहोरो रणनीति मुसलमानले नबुझ्ने कुरै भएन। भारतका मुसलमान माइनरोटी हुन्, भारतका नागरिक हुन् भनेर तुष्टीकरणको नीति लागू गर्ने अनि पाकिस्तानलाई यसरी अन्तर्राष्ट्रियस्तरमै बदनाम गराएर एकल्याउने? मुसलमानको केन्द्रीय तत्त्व भनेको जात र धर्म हो। अर्थात् उनीहरू कुरान र मुसलमान भनेपछि ज्यादै संवेदनशील हुन्छन्। ज्यान दिन तयार हुन्छन्। मोदीको यो रणनीतिले त मुसलमानलाई आतंकवादतिर नै धकेल्न मद्दत पु¥याउँछ।
प्रधानमन्त्री मोदीको पहिलो शपथग्रहणमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ थिए। भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयी जीवितै थिए। सरिफ र बाजपेयीको केमेस्ट्री पनि मिलेको थियो। लाहौरसम्म सँगै रेलयात्रा पनि गरेका थिए। त्यतिखेरै भारत र पाकिस्तानको मित्रता देख्न नसक्ने तत्त्वले कारगिल युद्ध मच्चाएर बिथोलिदियो।
पाकिस्तानका वर्तमान प्रधानमन्त्री इमरान खान लोकप्रिय खेलाडी पनि हुन्। मोदीको स्प्रिट पनि राजनीतिक खेलाडीको जस्तै छ। यी दुई प्रधानमन्त्रीको स्प्रिट नमिल्ने कुरै थिएन। यसपटक पाकिस्तान र भारतको द्वन्द्वमा उनले धेरै उदारता देखाएका हुन्। मोदीको चुनाव लहरलाई सहयोग भएको हो। द्वन्द्व चर्केको भए भारतीय आमचुनाव स्थगित हुन सक्थ्यो।
पाकिस्तानका वर्तमान प्रधानमन्त्री इमरान खान लोकप्रिय खेलाडी पनि हुन्।
मोदीको स्प्रिट पनि राजनीतिक खेलाडीको जस्तै छ। यी दुई प्रधानमन्त्रीको स्प्रिट नमिल्ने कुरै थिएन।
सार्क संगठनको अस्तित्वलाई भारतले स्थापना कालदेखि नै अनिच्छा देखाएको हो। बिमस्टेक संगठनलाई उसले आफू अनुकूल ठान्दछ। बिमस्टेकमा बौद्ध धर्म मान्ने धेरै राष्ट्र रहेका छन् र नेपाल बौद्ध धर्म मान्ने राष्ट्र नभए पनि लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले यस्तो मान्यता पाएको हो।
बिमस्टेक राष्ट्रका दुईवटा सदस्य राष्ट्र म्यान्मा र थाइल्यान्ड आसियानका पनि सदस्य हुन्। तर, भारतले मुख्य तारो पाकिस्तानलाई नै बनाएको हो। पाकिस्तानमा चीनको प्रशस्त सहयोग र सधैँ कश्मिर इस्यूमा कचकच गर्ने र आतंक मच्चाउने कारणले पनि पाकिस्तानप्रति उसको इष्र्या, घृणा र शत्रुताको विषय बनेको छ। आणविक शक्तिसम्पन्न राष्ट्र भएकाले उसलाई डर छ नत्र भने पाकिस्तानलाई मोदीले काँचै खाने थिए। उनी पाकिस्तानप्रति बढी आक्रामक छन्।
सार्क राष्ट्रका सदस्य हुन् या बिमस्टेक राष्ट्रका सदस्य, दुवै राष्ट्रका सदस्यहरूको पाकिस्तानसँग आपसी दौत्य सम्बन्ध रहिआएको छ। नेपाल र पाकिस्तानको दौत्य सम्बन्ध पुरानो छ। भारत चाहन्छ नेपालले पनि पाकिस्तानजस्तै भारत र नेपालको सम्बन्ध राखोस्। अर्थात् उसको शत्रुलाई हामी नेपालीले पनि शत्रुवत् व्यवहार गरोस्। यो त सम्भव हुने कुरै भएन। सबै संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र हुन्, हाम्रो आफ्नै मित्रता छ।
काठमाडौँबाट भारतीय विमान अपहरणको दोषारोपण भारतले नेपाललाई लगायो। नेपालका कर्मचारीतन्त्रको लापरबाहीले त्यो अपहरण भयो। त्यसमा नेपाली जनता, नेपाल सरकारको कुनै संशय, संलग्नता त के थाहा पत्तोसम्म थिएन। अपहरण गरिएको विमानले भारतकै चण्डीगढ विमानस्थलमा इन्धन भर्यो, त्यो प्रसंगचाहिँ भारतीय पक्ष कहिल्यै चर्चामा ल्याउँदैन।
आणविक शक्तिसम्पन्न राष्ट्र भएकाले उसलाई डर छ नत्र भने पाकिस्तानलाई
मोदीले काँचै खाने थिए। उनी पाकिस्तानप्रति बढी आक्रामक छन्।
अफगानिस्तानमा विमान अवतरण गरियो तर नेपाललाई जस्तो अफगानलाई आरोप लगाएको पाइँदैन। नेपालीहरूले निस्पक्ष रूपले विश्लेषण गर्ने हो भने आखिर भारतले युद्ध गरेरै पाकिस्तानलाई टुक्र्याएर बंगलादेशलाई अस्तित्वमा ल्याएको हो, चाहे इन्दिरा गान्धी प्रधानमन्त्री भएका बेला होस्, त्यसको कुनै अर्थ रहेन।
भारत–चीन सीमा युद्धपछि नै चीनले अतिक्रमण गरेको भारतका जमिन आजसम्म फिर्ता लिन सकेको छैन। चीनसँग लड्न सक्ने हिम्मत भए त लड्थ्यो होला, तैपनि प्रतीकात्मक विरोधका रूपमा दलाई लामालाई भारतमा राजनीतिक शरण दिएको छ। नेपालको खुला सीमा भएर नाकाबन्दी लागाउँदा खासै असर नपर्ने हुनाले र नेपाली मूलका धेरै भारतमा भएकाले अनि गोरखा सैनिक नभए त भुटानमा पनि भारत चीत खाने रहेछ।
नत्र भने भारतले नेपाललाई केसम्म गर्न बाँकी राखेको छ र? भर्खरै भारतीय दुई हजारका सात करोड रुपयाँ समातिए। त्यो पकिस्तानले छपाएर नेपाल पठाएको र नेपालबाट चैँ भारतीय सीमा पार गरेर भारतीय अर्थतन्त्र समाप्त पार्ने यो षडयन्त्रमा नेपालको पनि स्वार्थ छ भन्ने शंकाको लाम धुइरोका रूपमा काठमाडौँका विभिन्न चोटाकोठामा चर्चा हुन थालेका छन्।
नेपाल स्वयं सुन तस्करी, मानव तस्करी, विदेशी मुद्रा तस्करी, भारतीय चन्दन तस्करी आदि इत्यादि माफिया समस्याले ग्रस्त छ। वर्तमान नेपालको ओली सरकारलाई पाकिस्तानजस्तै नेपाल पनि एन्टी इण्डियन भयो, चाइना बास्केटमा गयो भन्ने मान्यता ओलीका व्यवहारले मोदीलाई झस्काएको छ। आगामी दिल्ली भ्रमणमा ओलीले कस्तो सम्मान र कति समय पाउने हुन्? त्यो भन्न गाह्रो छ। दिल्लीमा गएका नेपाली राजदूत माक्र्सवादी पृष्ठभूमिका छन्। चर्चामा पनि आउँदैनन्।
भारत चाहन्छ नेपालले पनि पाकिस्तानजस्तै भारत र नेपालको सम्बन्ध राखोस्।
अर्थात् उसको शत्रुलाई हामी नेपालीले पनि शत्रुवत् व्यवहार गरोस्।
आउँदा दिन नेपालका लागि सजिला छैनन्। भारतका ससाना गतिविधिले पनि नेपाललाई असर पर्छ। हामी बलियो रूपमा आफूले पाएका अधिकार पनि प्रयोग र उपयोग गर्न सक्दैनौँ। हालैको एउटा सानो उदाहरण नै पर्याप्त छ। कोसीको बाँध व्यवस्थापन सञ्चालनमा नेपाली पक्ष र भारतीय पक्षको बराबरी अधिकार छ। तर, भारतीय कर्मचारी कस्तो बाठो छ भने उसले दिल्ली नेपालप्रति बक्र दृष्टि राख्छ भन्ने बुझेपछि पटक्कै टेर्ने वाला छैन।
मोदीप्रति नेपालले सशंकित हुने कारण के पनि छ भने यत्रो प्रचण्ड बहुमत पाएको नेता, शपथग्रहण पनि नसकी विपक्षीका सरकार भएका प्रान्तमा ‘सेँध’ लाउन थालिसक्यो। पश्चिम बंगाल, मध्यप्रदेश आदि यसका प्रत्यक्ष उदाहरण हुन्। निहुँ खोज्न त जे बहाना भए पनि भइहाल्यो, बाघले बाख्रासँग निहुँ खोजेजस्तो लोकतन्त्रको त्यत्रो महिमा गाउने मान्छेले उनीहरूको कार्यकाल पर्खनुपर्छ।
मोदीको मन असाध्यै चञ्चल देखिन्छ। उनी बडो त्यागी महात्मा जस्तो भाषण गर्छन्। राजनीति कुनै महात्माले मठ चलाएजस्तो, चिम्टाले अनुशासन कायम गरेजस्तो अवश्य पनि हुँदैन, शक्ति भने उनी चीन र अमेरिकी जस्तो चाहन्छन्, छिमेकीसँगको व्यवहार भने दादागिरीको छ। यसपालि पनि सार्क बिमस्टेक दुवै सदस्य राष्ट्र चीन, ब्रिटेन, अफ्रिका, अमेरिका सबैै बोलाएको भए दिल्ली साँघुरो त हुने थिएन, नौटंकी मात्र भयो।
यसपटकको मोदीको शासनबाट नेपाल मात्र होइन, भारतका अन्य छिमेकीप्रति राम्रो हुने देखिँदैन। भारतभित्रै पनि उनले राजनीतिक सहअस्तित्व र सहयात्रा गर्ने छैनन्। उनको पार्टीभित्र पनि धेरै फेरबदल हुनेवाला छ। जतिसुकै लोकतन्त्र र उदारवादी चरित्र देखाए पनि उनी तानाशाह नै हुन्। डा. लोहिया दिनदयाल र जयप्रकाशको नाम त लिन्छन्, त्यो नाटक मात्र हो।