मोरङ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारतको पूर्व विदेश सचिव एस जयशंकर विदेशमन्त्री हुँदैमा नेपाल र भारतबीचको सम्बन्धमा कुनै तात्विक अन्तर नहुने बताएका छन्।
शनिबार मोरङको विराटनगरमा सञ्चारकर्मीसंग कुराकानी गर्दै अध्यक्ष दाहालले ‘हिजोको परिघटनाबाट नाकाबन्दी र संविधान निर्माण प्रक्रियामा जे जस्ता कुराहरु भए त्यसबाट भारतले पनि शिक्षा लिइसकेको स्थिति भएको बताए। ‘प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र नेपालले पनि त्यस खालका परिस्थिति फेरि नहोदोरियोस् भन्नका निम्ति सतर्कता अपनाएको स्थिति रहेको बताए। त्यसैले भारतको विदेश मन्त्री को हुन्छ भन्ने कुराले अब चाँहि तात्विक अन्तर हाम्रो सम्बन्धमा पर्दैन,’ उनले संचारर्कीसंग बताए।
अध्यक्ष दाहालले पार्टी एकता भएको बेलामा जुन सहमति भएको थियो। त्यो सहमति हामी इमान्दारीताका साथ कार्यन्वयन गर्दै लैजान्छौँ। पूर्वसहमतिका आधारमा एकबर्षपछि आफू प्रधानमन्त्री बन्ने पनि सक्ने बताए। एकबर्षपछि प्रधानमन्त्री बन्ने विषय पार्टीले सहमति र निर्णय गर्ने विषय हो, तर परिस्थिति कस्तो विकास हुँदै जान्छ जसमा पनि निर्भर रहन्छ, उनले संचारकर्मीसंग भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्लीमा पार्टी एकताको बेलामा आलोपालो सरकार चलाउने विषयमा आफ्नो पद ४÷५ दिन मात्रै बाँकी रहेको भनी दिएको पतिक्रिया प्रतिकात्मक भएको बताए। ‘अन्तरवार्तामा पार्टी एकताका बेलामा हाम्रा बीच भएका सहमतिको कुरा स्मरण मात्रै गरेको छु,’ अध्यक्ष दाहालले भने, ‘बाहिर प्रचार र होहल्ला गर्नुपर्ने नयाँ विषय बोलेकै छैन। प्रधानमन्त्री ज्यूले त्यो कुरा राम्ररी बुझ्नुभएको छ।’
अध्यक्ष दाहालले आलोपालो सरकारको नेतृत्वको विषयमा पत्रकारलाई नखेल्न पनि आग्रह गरे। ‘हामीले पार्टी एकताका बेला जे सैद्धान्तिक र व्यवहारिक सहमति गरेका छौं, त्यही लाइनमा अघि बढ्दै जाने र पार्टीलाई सुदृढ गर्दै लग्छौं,’ अध्यक्ष भने, ‘पार्टीका सम्पूर्ण साथिहरु, समर्थक र जनसमुदायलाई आलोपालो सरकारको नेतृत्व गर्ने विषयलाई अनावश्यक रुपमा पचारमा नलैजान र अनावश्यक पोलराइजेशन नगर्न आग्रह छ किनकि मैले जे बोले त्यो पहिला नै बाहिर आएकै कुरा हो त्यो कुनै नौलो विषय र पहिलो पटक नबोलेकोले यसलाई अतिरन्जित रुपमा लैजान जरुरी छैन।’ उनले आइतबार बस्ने पार्टीको सचिवालय बैठकले कार्य विभाजनको विषय टुंगो लगाउने बताए।