काठमाडौँ– गुराँस लघुवित्त वित्तिय संस्थाले आज बैशाख १६ गतेदेखि २ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गरेको छ। उक्त लघुवित्तको २ लाख ५० हजार कित्ता साधारण शेयरमध्ये ३ हजार ८ सय ७५ कित्ता कर्मचारी र १२ हजार ५ सय कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी हुन आउने २ लाख ३३ हजार ६ सय २५ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ।
उक्त लघुवित्तको आवेदन छिटोमा बैशाख २० र ढिलोमा १४ गते हुने जनाइएको छ। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले जनाइएको छ।
गुराँसले आईपीओको निष्कासनका लागि चैत २६ गते धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको थियो। कम्पनीले आफ्नो आईपीओको निष्कासन तथा विक्री प्रबन्धकको रुपमा एनआईबीएल क्यापिटललाई नियुक्त गरेको छ। यद्यपी आवदेकले भने सीआश्वा सेवा सञ्चालन गर्ने आफ्नो डिम्याट खातासँग लिङ्क भएको बैंकको जुनसुकै शाखाबाट उक्त आईपीओका लागि आवेदन दिन सक्नेछन्।
हाल ५ करोड २५ लाख चुक्ता पुँजी रहेको उक्त कम्पनीको आईपीओ शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुग्नेछन्।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको अनुमति प्राप्त संस्थाको १० वटा जिल्लामा कार्यक्षेत्र रहेको छ। २०७३ सालमा सञ्चालन अनुमति प्राप्त संस्थाको प्रधान कार्यालय धनकुटामा रहेको छ।