काठमाडौँ - आइतबार ओरालो लागेको शेयर बजारमा आज (साेमबार) भने सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ४३ विन्दुले बढेर १ हजार १४९ दशमलव ९९ विन्दुमा पुगेको छ।
यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ४५ विन्दुले बढेर २४४ दशमलव ८१ विन्दुमा पुगेको छ। स्टकका अनुसार कारोवार रकममा समेत वृद्धि भएको छ।
कुल १ सय ७१ कम्पनीका १२ लाख ६५ हजार ६ सय ६२ कित्ता शेयर रु. ३५ करोड २८ लाख १० हजार ७ सय ५० मूल्यमा खरिदविक्री भए। कारोवार भएका १० उपसमूहमध्ये आज २ उपसमूहको मात्रै शेयर घटेको छ। त्यसमा उत्पादन ४ दशमलव ६६ र अन्य ५ दशमलव ९२ विन्दुले घटेका छन्।
यस्तै बैंकिङ १० दशमलव १५, होटल ३३ दशमलव ६७, विकास बैंक ६ दशमलव ३७, जलविद्युत् २ दशमलव ८७, वित्त २ दशमलव ०७, निर्जीवन बीमा २९ दशमलव ७, लघुवित्त २ दशमलव २८ र जीवन बीमा २ दशमलव २ विन्दुले बढेका छन्।
कारोवारका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको रु. २ करोड २० लाख ७८ हजार ८४ मूल्य बराबरको शेयर खरिदिविक्री भएको छ।
यस्तै प्रभु बैंकको रु. २ करोड ११ लाख २० हजार ५ सय ७८, एनएमबी बैंकको रु. १ करोड ६३ लाख ५९ हजार ४ सय १०, नेपाल बैंक लिमिटेडको रु. १ करोड ३१ लाख ७७ हजार ७ सय ५७, महालक्ष्मी विकास बैंकको रु. १ करोड १९ लाख ६० हजार ४७, एभरेष्ट बैंकको रु. १ करोड १३ लाख ९६ हजार ९ सय ७६ मूल्यमा खरिदविक्री भई शीर्ष स्थानमा रहे।
स्टकका अनुसार महालक्षमी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५ दशमलव ४५ प्रतिशतले कमाउँदा अरुण कावेली हाइड्रो पावर ४ दशमलव ९५, हिमालयन पावर पार्टर ४ दशमलव ९२, गुडविल फाइनान्स ४ दशमलव ३५, सनराइज बैंकको शेयरधनीले ३ दशमलव ६९ प्रतिशतले कमाएका छन्।
यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९ दशमलव ८७, कञ्चन डेभलपमेन्ट बैंकले ७ दशमलव ०१, किसान माइक्रोफाइनान्सले ५ दशमलव ९८, सूर्योदय लघुवित्त वित्तीय संस्थाले ५ दशमलव ५२, शिखर इन्स्योरेन्स कम्पनीका शेयरधनीले २ दशमलव ४५ प्रतिशतले गुमाएका छन्। (रासस)