काठमाडौँ – धितोपत्र बजारमा यस साता कुल १ सय ७६ कम्पनीको ६४ लाख ४३ हजार ३ सय ८० कित्ता शेयर रु. १ अर्ब ९३ करोड ८५ लाख ९४ हजार ८ सय ८५ मूल्यमा खरिदविक्री भएका छन्।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन स्टक प्रणालीमा समस्या आउँदा कारोवार अवधिभर शेयर कारोवार हुन सकेन। साताको पहिलो दिन मात्रै बजारमा शून्य दशमलव ९४ बिन्दुले सुधार आएको थियो। कारोवार छोटो समयमात्रै हुँदा १ सय ४० कम्पनीका ३ लाख २२ हजार २ सय ४२ कित्ता शेयर रु. ९ करोड ३८ लाखमा कारोवार भए।
साताको दोस्रो दिन सोमबार कारोवारमापक नेप्से परिसूचक १४ दशमलव २८ बिन्दुले बढेर १ हजार १४२ दशमलव ९३ बिन्दुमा पुगेको थियो। सो दिन कुल १ सय ७१ कम्पनीका १३ लाख ४७ हजार ४८ कित्ता शेयर रु. ४० करोड २८ लाख ४० हजार २ सय १३ मा खरिदविक्री भए।
यस्तै साताको तेस्रो दिन मङ्गलबार कुल १ सय ७६ कम्पनीका १९ लाख ५४ हजार ५६ कित्ता शेयर रु. ५२ करोड ७७ लाख ३५ हजार ५ सय ५८ मूल्यमा खरिदविक्री भए।
साताको चौथो दिन बुधबार कारोवारमापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर १ हजार १ सय ५० दशमलव १० बिन्दुमा झरेकाे थियाे। सो दिन कुल १ सय ७४ कम्पनीका १४ लाख ८० हजार ६२ कित्ता शेयर कारोवार भए। स्टकका अनुसार सो दिन रु. ४२ करोड ८३ लाख ४१ हजार १ सय ५२ मूल्यमा खरिदविक्री भए।
यस्तै साताको पाँचाैँ दिन बिहीबार कारोवारमापक नेप्से परिसूचक ५ दशमलव ४ बिन्दुले बढेर १ हजार १५५ दशमलव ५० बिन्दुमा पुगेको थियो। कुल १ सय ७१ कम्पनीका १३ लाख ३९ हजार ९ सय ७२ कित्ता शेयर रु. ४८ करोड ५८ लाख ७७ हजार ९ सय ३१ मूल्यमा खरिदविक्री भए।
यस साता स्टकमा विभिन्न ४ कम्पनीका शेयर सूचीकृत भए। सिद्धार्थ बैंकको सिद्धार्थ डिवेञ्चर २०८२ को २१ लाख ६२ हजार ५ सय ५९ कित्ता साधारण शेयर सूचीकृत भयो।
यस्तै सानिमा बैंक डिवेञ्चर २०८५ को १३ लाख ५४ हजार ७ सय १२ कित्ता साधारण शेयर, आशा लघुवित्त वित्तीय संस्थाका २० लाख ७४ हजार कित्ता साधारण शेयर र जेबिल्स फाइनान्सका १९ लाख ७० हजार ६ सय ९४ कित्ता हकप्रद शेयर सूचीकृत भएको स्टकले जानकारी दिएको छ। (रासस)