काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार आज हिमाली क्षेत्रका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ। हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश स्थानमा मौसम सफा रहेको छ। मौसममा आंशिक परिवर्तन हुने सम्भावना रहेकाले हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ।