काठमाडौं ।काठमाडौँको तारकेश्वर नगरपालिका–७ मा प्रहरीले हवाई फायर गरेपछि लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो। ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक सुवास बोहोराका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद गरिएको छ।पक्राउ परेका व्यक्तिको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन।घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।