काठमाडौं ।नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा नेपाली सेनाले ४० टन भार बहन गर्न सक्ने एक्रो ब्रिज जडान गरेको छ।
पुल जडान कार्य सम्पन्न भएसँगै नुवाकोट, रसुवा तथा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने भएको छ।यस पुलले बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री तथा अन्य अत्यावश्यक वस्तु ढुवानी गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ। पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाको आवागमन र प्रभावित क्षेत्रमा राहत पुर्याउने कार्य थप सहज हुने विश्वास गरिएको छ।