काठमाडौं ।पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ। पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटनामा परेको हो।
प्राप्त प्रारम्भिक जानकारीअनुसार कालिका क्षेत्रस्थित ओख्लेको भिरबाट बस खसेको बताइएको छ। दुर्घटनाग्रस्त बसमा २० जनाभन्दा बढी विद्यार्थी सवार रहेको जनाइएको छ। दुर्घटनामा भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ। घटनाबारे थप जानकारी प्राप्त हुन सकेको छैन।