काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापा मतदातासँग मत माग्न सक्रिय भएका छन्।
मतदानका लागि लाइनमा बसेका महाधिवेशन प्रतिनिधिहरूलाई भेट्दै थापाले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन्। सभापति पदका लागि थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहानदेखि मतदान प्रक्रिया अघि बढेको छ। यसअघि थापाले कांग्रेसभित्र गुट–उपगुट नरहेको उल्लेख गर्दै नेता तथा कार्यकर्तालाई आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका थिए।