काठमाडौं ।बाढीका कारण सञ्चार सेवामा समस्या भएका नुवाकोटका केही स्थानमा ले स्याटेलाइटमार्फत निःशुल्क इन्टरनेट सेवा सुरु गरेको छ।
उद्धार र राहतमा खटिएका टोलीलाई सहज बनाउन तथा बाढी प्रभावित नागरिकलाई आफन्तसँग सम्पर्कमा राख्न यो सेवा उपलब्ध गराइएको हो। रसुवा र धादिङका प्रभावित क्षेत्रमा पनि प्रविधिबाट चल्ने उपकरण जडान गरिरहेको जनाएको छ। उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सरकारी निकायसँग समन्वय गरेर आवश्यक र महत्वपूर्ण स्थान पहिचान गरी उपकरण जडानको काम भइरहेको छ।बाढीका कारण मोबाइल तथा अन्य सञ्चार सेवा प्रभावित भएका ठाउँमा स्याटेलाइट इन्टरनेटले उद्धार र राहतको काममा सम्पर्क कायम राख्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।