काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य आज ३ हजार १ सय रुपैयाँले घटेको हो।महासंघका अनुसार १० ग्राम सुनको मूल्य आज २ लाख ६० हजार ८ सय ९० रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार भने सोही परिमाणको सुन २ लाख ६३ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य ४० रुपैयाँले घटेको हो।आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५० रुपैयाँ ५० पैसा कायम गरिएको छ। शुक्रबार १० ग्राम चाँदी ४ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।